काठमाडौं । प्रतिपक्षी दलको निरन्तर अवरोधका बीच संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि तय गरिएको छ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफललाई निरन्तरता दिने तथा विभिन्न महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर लगातार संसद अवरुद्ध गर्दै आएकाले आजको बैठक सहज रूपमा सञ्चालन हुने वा नहुने अन्योल कायम छ।

advertisement

आजको सम्भावित कार्यसूचीअनुसार राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरिनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकलगायत विभिन्न विधेयक संसदमा प्रस्तुत गर्नेछन्। साथै, पर्यटन तथा श्रमसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पनि सदनमा पेश हुनेछन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com