काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बिहान ९ बजे बैठक बस्ने रास्वपाले जनाएको छ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ।
प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अवरोधका कारण तथा सहमतिका सम्भावित आधारबारे छलफल हुने बताइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकको औपचारिक निमन्त्रणा सबै दललाई पठाइसकिएको छ।

advertisement

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com