काठमाडौँ।  त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै रहेको एक चिया पसलमा सोमबार बिहान आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटना बिहान करिब ८:०२ बजे भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन प्रयास गरिएको छ।

advertisement

हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। क्षतिको विवरण पनि अझै प्राप्त भएको छैन। आगो नियन्त्रण गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com