काठमाडौं । विवादका कारण केही दिन रोक्का भएको नाटक ‘लुसिफर राइजिङ, जेन–जेड प्ले’ गत मंगलबार जेठ १८ गते देखि पुनः मञ्चन भइरहेको छ ।
थापागाउँस्थित एक नेपाल थिएटरमा जेठ १ गतेदेखि मञ्चन भइरहेको उक्त नाटक जेठ ११ गते अचानक रोकिएको थियो। राजनीतिक दबाब र आन्तरिक विवादका कारण रोकिएको भनिएको नाटक अब निर्माण पक्ष र थिएटरबीच नयाँ सहमतिपछि पुनः दर्शकसामु फर्किएको हो ।

नाटक जेठ ३० गतेसम्म नियमित रूपमा हरेक दिन बेलुकी ५ः३० बजे मञ्चन भइरहेको छ । बुधबार भने नाटकघर बिदा रहनेछ ।
मञ्चनको अन्तिम दिन शनिबार भने दिउँसो १ बजे र बेलुकी ५ः३० बजे गरी दुई शो प्रदर्शन गरिनेछ । नाटक १८+ उमेर समूहका लागि मात्र उपयुक्त छ । यसमा केही संवादहरूमा प्रौढ शब्दावली प्रयोग गरिएको छ ।
निर्माता संस्था मझुवा बगर जनकला मञ्चले लेखक तथा निर्देशक सहलेशलाई बर्खास्त गरेपछि नाटकलाई निर्माण संस्थाले स्वीकृत गरेको स्क्रिप्टअनुसार नै पुनः मञ्चन गर्न सहमति भएको एक थिएटर नेपालले जनाएको छ। नाटकले जेनजी आन्दोलनको भोलिपल्टको अशान्त परिस्थितिलाई चित्रण गर्दै सुकुमबासी बस्तीमा सपना जोगाउन संघर्ष गरिरहेकी एक युवतीको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

नाटकमा तारा, अनुज पाण्डे, बुद्धिराम चौधरी, सुव्रतराज सिलवाल र एडन बात्रीको अभिनय छ । यो नाटक विवादका कारण रोकिए पनि अब पुनः मञ्चन हुँदै गर्दा रंगमञ्च क्षेत्रमा भने नयाँ चर्चा भइरहेको छ।


प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया