काठमाडौं। देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेट सहित सुनसरी बराहाक्षेत्र नगरपालिका-३ बस्ने २२ वर्षीय अनिल राज धामीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६८६२ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

advertisement

ललितपुरको ललितपुर महानगपालिका-२३ डेरा गरी बस्ने सर्लाही घर भएका ४० वर्षीय दिनेश कुमार बैठा समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो जस्तो देखिने पदार्थ २१ ग्राम ४ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले दिनेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com