काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई करार कर्मचारी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सुमित्रा चन्द र प्रवीण लामिछानेलाई नियन्त्रणमा लिएको हो । उनीहरू ग्राउन्ड ह्यान्डलिङ स्टाफका रूपमा कार्यरत थिए ।

advertisement

प्रहरीका अनुसार एक भारतीय नागरिक भारत जानका लागि अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए ।

त्यहाँ नेपाल एयरलाइन्सकी कर्मचारी चन्दले उनलाई फ्लाई दुबईको बोर्डिङ पास दिइन् । जेठ ३ गते उक्त भारतीय नागरिक दुबई उडेका थिए ।

भारतीय नागरिकले तेस्रो मुलुक जानका लागि नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्ने व्यवस्था छ ।

तर, उक्त प्रक्रिया पूरा नगरी बोर्डिङ पास दिइएको भन्दै अध्यागमन विभागले प्रहरीलाई पत्राचार गरेको थियो ।

त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com