काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन्।
गएराति सम्पन्न निर्वाचनमा भण्डारीले १४२ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिस्पर्धी गोकुल सापकोटाले १३९ मत र कृष्णप्रसाद शर्माले १३६ मत पाए।
उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित भएका छन्। अधिवेशनले कुल २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदानमार्फत नेतृत्व टुंगो लगाइएको हो। कुल ७५६ मतदाता मध्ये ४३३ जनाले मतदान गरेका थिए।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया