काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै विशेष टिभी प्याकेज सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकहरूले एनटीटीभीमार्फत मात्र ९९९ रुपैयाँमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
यो प्याकेज प्रयोग गर्न ग्राहकले आफ्नो टिभीमा ‘हिमालय स्पोर्ट्स’ च्यानल छनोट गरी निर्देशनअनुसार नेपाल टेलिकमको मोबाइल नम्बर र OTP कोड प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ काटेर सेवा सक्रिय हुनेछ। सेवा ग्राहक सेवा केन्द्रबाट पनि लिन सकिने व्यवस्था छ।
यसका साथै, उच्च गतिको इन्टरनेट प्रयोगकर्ताका लागि विशेष बोनस अफर पनि ल्याइएको छ। जेठ २६ देखि साउन ३ सम्म १०० Mbps वा सोभन्दा माथिको IPTV सहितको इन्टरनेट प्याकेज नयाँ जडान वा नवीकरण गर्ने ग्राहकले यो विश्वकप टिभी प्याकेज निःशुल्क पाउनेछन्।
त्यस्तै, १०० Mbps भन्दा कम स्पिडबाट माथिल्लो प्याकेजमा अपग्रेड गर्ने ग्राहकहरूले पनि यो सुविधा बिना शुल्क प्राप्त गर्न सक्नेछन्। यो बोनस लिन *1416# डायल गर्नुपर्नेछ।
नेपाल टेलिकमले यो योजना उच्च गुणस्तरीय इन्टरनेट र विश्वस्तरीय खेल मनोरञ्जन उपलब्ध गराउने उद्देश्यले ल्याइएको जनाएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया