काठमाडौं । गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

नवलपुर, कास्की, लमजुङ, तनहुँ, स्याङ्जा र गोरखामा मतदानमार्फत नेतृत्व चयन गरिएको छ भने म्याग्दी, बागलुङ र पर्वतमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति बनेको छ। बागलुङमा भने नेतृत्व चयन प्रक्रियाविरुद्ध उजुरी परेको छ।
कास्कीमा यदुनाथ अधिकारी १ मतको झिनो अन्तरले सभापति निर्वाचित भएका छन् भने नवलपुरमा दोमनबहादुर भण्डारी, लमजुङमा अशोक सापकोटा, गोरखामा सुवर्ण रोकाहा क्षेत्री, स्याङ्जामा रुक्मांगत भण्डारी र तनहुँमा विश्व बास्तोला सभापतिमा विजयी भएका छन्।

advertisement

पर्वतमा जालबहादुर पुन र म्याग्दीमा युवराज रोका सर्वसम्मत रूपमा चयन भएका छन्। गण्डकीका बाँकी जिल्लामा पनि क्रमशः अधिवेशन हुने बताइएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com