काठमाडौं । संसद्मा जारी अवरोध र समसामयिक राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, एमाले उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनलगायत विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहेको छ।

advertisement

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। सोही विषयमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने र आफ्नो भनाइ सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहेका छन्।

बैठकमा संसद्को वर्तमान गतिरोध अन्त्य गर्ने उपाय, आगामी रणनीति तथा विपक्षी दलहरूको साझा धारणाबारे छलफल भइरहेको जनाइएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विकसित राजनीतिक परिस्थितिका बीच विपक्षी दलहरू थप समन्वय र साझा रणनीति निर्माणमा केन्द्रित भएका छन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com