काठमाडौं। सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न परिकार वितरण गरिएको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई डीडीसीका उत्पादन वितरण गरेकी हुन् ।
वितरण गरिएका प्याकेटमा डीडीसीबाट उत्पादित दुध, केसर दुध, बटर, चिज, दही र पेँडा रहेका थिए ।
बैठकमा स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्ने र डीडीसीका उत्पादनहरूको देशव्यापी बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार










प्रतिक्रिया