काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताए। उनले मन्त्रालयमा रातदिन काम गर्ने बढीमा तीन वर्षमात्र मन्त्री पदमा बस्ने उनको भनाइ छ।

advertisement

‘विज्ञान, प्रविधिको कुरामा ढिला हिंडेर ठाउँमा पुगिँदैन। द्रूत गतिमा, रात दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ। बढीमा तीन वर्ष मन्त्री भएर खाने हो,’ उनले भने।

उनले छिटो छिटो काम गरेर अरुलाई हस्तान्तरण गर्ने बताए। उनले यो सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू पूरा समय नबस्ने बताए।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com