काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया विवादपछि स्थगित भएको छ।
मकवानपुरको हेटौँडास्थित हिमालयन दरबारमा मंगलबार राति करिब १:३० बजे मतदान सुरु गरिएको थियो। तर मतदान सुरु भएको केही समयमै मतदाता नामावली र उम्मेदवारी सूची सार्वजनिक नगरिएको भन्दै विवाद उत्पन्न भएको थियो।
विवादपछि कार्यकर्ताहरूले मतपत्र च्यात्ने, नाराबाजी गर्ने र हो–हल्ला गर्ने अवस्था बनेको थियो। त्यसपछि करिब पाँच जनाले मात्र मतदान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको हो।
निर्वाचन समितिले प्रक्रिया स्थगित गरेको छ भने हालसम्म निर्वाचन पुनः सुरु हुन सकेको छैन। अधिवेशन स्थलमा आयोजक तथा निर्वाचन समितिका प्रतिनिधि अनुपस्थित रहेको र कार्यकर्ताहरूले व्यवस्थापनप्रति असन्तुष्टि जनाइरहेका छन्।
निर्वाचन अन्तर्गत एक सभापति पदका लागि चार जना उम्मेदवार र ८८ जना सदस्य पदका लागि उम्मेदवारी रहेको थियो।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया