काठमाडौं। कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। सान्नीत्रिवेणी गाउँपालिका–४ निवासी नेत्रराज शाहीलाई बुधबार बिहान बाघले आक्रमण गर्दा घाइते भएका हुन्।

स्थानीयका अनुसार बिहान करिब ७ बजे घरमा पालेको बङ्गुर चराउन लिएर जाँदै गरेका शाहीमाथि शान्तिघाट राजमार्ग नजिकै अचानक बाघले आक्रमण गरेको थियो। अप्रत्याशित आक्रमणपछि स्थानीयवासी घटनास्थलमा पुगेका थिए।

advertisement

बाघको आक्रमणबाट शाहीको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। घाइते शाहीलाई तत्काल उद्धार गरी रास्कोट अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। बस्ती नजिकै बाघ देखिन थालेपछि वन्यजन्तुको जोखिम बढेको भन्दै स्थानीयले सम्बन्धित निकायसँग आवश्यक सुरक्षा व्यवस्था तथा निगरानी बढाउन माग गरेका छन्। वन कार्यालयले घटनाबारे जानकारी सङ्कलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com