काठमाडौं । सङ्घीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीलगायत सहभागी थिए।

advertisement

विपक्षी दलहरू नेपाली कांग्रेस संसदीय दलको बैठकमा छलफलमा रहेका बेला सभापति लामिछानेले संसद् अवरोधको विषयमा सहमति खोज्ने उद्देश्यले उनीहरूलाई वार्तामा बोलाएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com