काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला ले संस्थापनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको जानकारी दिएका छन् ।

‘बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्नेबारे डा.शेखर कोइराला र उहाँको सचिवालयलाई अहिले सम्म कहीँ कतै जानकारीमा छैन,’ सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जारी गरेको सूचनामा उल्लेख छ ।

advertisement

सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन् ।

थपलियाले सूचनामा मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् ।

डा.कोइरालाको सचिवालयले कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत्र २२ गते महामन्त्री प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई बिशालनगरस्थित सचिवालयमा आएर भेटेपछि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क नभएको जनाएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com