काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राजनीतिमा प्रवेश गरेपछि षड्यन्त्रको वास्तविकता बुझ्ने अवसर पाएको बताउँदै आफूहरू षड्यन्त्रको सिकार बनेको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले राजनीतिमा सफल हुन धेरै कुरा जान्नुपर्ने अनुभव भएको उल्लेख गर्दै आफूहरू षड्यन्त्र गर्ने पक्षमा नभई त्यसको सिकार बनेको बताए। उनले अब षड्यन्त्रको बाटो नभई जनताको विश्वास जितेर देशको सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुने लक्ष्य रहेको बताए।

उनले हाल संसद्मा पार्टीको प्रतिनिधित्व नभए पनि देशभर उज्यालो नेपाल पार्टीप्रति आकर्षण बढिरहेको दाबी गरे। पार्टीको नेतृत्व र भविष्यप्रतिको विश्वासका कारण विभिन्न क्षेत्रबाट प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको उनको भनाइ थियो।

अध्यक्ष घिसिङले आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा उज्यालो नेपाल पार्टीलाई देशकै अग्रणी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

उनले पार्टीलाई कुनै पनि हालतमा अन्य दलसँग विलय नगर्ने स्पष्ट पार्दै आवश्यक परे एक्लै भए पनि पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाए। साथै, विगतमा ‘लालकिल्ला’ भनेर चिनिने रामेछाप अहिले उज्यालो नेपाल पार्टीको बलियो आधार क्षेत्र बन्दै गएको दाबी गरे।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com