काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ज्ञानेन्द्र शाही ले भन्सार कर छलीसम्बन्धी विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गलत जानकारी दिएको दाबी गरे।

उनले सुशासनको पक्षमा विगतमा आन्दोलन र छानबिन समितिको माग भए पनि सत्ता परिवर्तनसँगै त्यसप्रति उदासीनता देखिएको टिप्पणी गरे।

advertisement

शाहीले भने, ‘भन्सार कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। समिति रहरले माग गरेको होइन। अर्थमन्त्रीलाई काम गर्न नदिने भन्ने पनि होइन।’

यसअघि अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरेपछि करदर परिवर्तन र सूचना चुहावटको विषयमा प्रश्न उठ्दै आएको छ।

बुधबार अर्थ समितिको बैठकमा उपस्थित हुँदै उनले विनियोजित विधेयकमा आफूले कुनै परिवर्तन नगरेको दाबी गरेका थिए।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com