बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकामा नक्कली सरकारी कार्यालय स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।

ठाकुरबाबा नगरपालिका–३, बगनाहा बजारस्थित एक घरमा फर्जी कार्यालय सञ्चालन गरी ठगी गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धान अनुसार आरोपितहरूले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामक नक्कली बोर्ड राखी कार्यालय सञ्चालन गरेका थिए। सो कार्यालयमार्फत सरकारी निकायमा जागिर लगाइदिने भन्दै सर्वसाधारणबाट ठगी गरिएको पाइएको छ।

advertisement

त्यसैगरी, स्थानीयलाई फर्जी नियुक्तिपत्र दिएर विभिन्न काममा लगाउने तर ज्याला नदिने गरिएको समेत खुलेको प्रहरीले जनाएको छ। घरधनीलाई समेत प्रभावमा पारेर भवन निर्माण गराइ भाडा तथा निर्माण खर्च नतिरेको पनि पाइएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र दाङ लमही नगरपालिका–५ की २३ वर्षीया कृपा चौधरी रहेका छन्।

उनीहरूविरुद्ध ठगी तथा लिखत सम्बन्धी (कीर्ते) कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com