काठमाडौं। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ले पश्चिम एसियामा बढ्दो तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उनले मध्यपूर्व लामो समयदेखि युद्ध र अस्थिरताले गहिरो सङ्कटमा परेको उल्लेख गर्दै पछिल्लो समयमा आक्रमणहरू बढेसँगै अवस्था थप बिग्रँदै गएको बताएका छन्। उनले युद्धविरामको अवस्थामा पनि भइरहेका गोलाबारी र हिंसात्मक गतिविधिले क्षेत्रीय शान्तिलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएका छन्।

महासचिव गुटेरेसले सबै पक्षलाई थप आक्रामक गतिविधिबाट टाढा रहन र तनाव न्यूनीकरणका लागि कूटनीतिक उपायलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

पश्चिम एसिया र खाडी क्षेत्रमा द्रुत गतिमा विकसित भइरहेको द्वन्द्वका बीच कुवेत, जोर्डन र बहराइनका हवाई रक्षा प्रणालीले हवाई लक्ष्यहरू रोकिएको भन्दै चेतावनी जारी गरेका छन्।

यसैबीच, इरानले अमेरिकी आक्रमणको प्रतिक्रियामा रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरेको बताइएको छ। साथै, विभिन्न रिपोर्टहरूमा अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी सम्भावित आक्रमणको चेतावनीसमेत उल्लेख गरिएको छ।

तनाव बढ्दै जाँदा क्षेत्रीय सुरक्षा स्थिति थप जटिल बन्दै गएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com