इस्लामावाद । पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा २२ सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।

advertisement

यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको थियो ।

‘दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानविन समितिलाई आदेश दिइएको छ,’ आइएसपिआरले भनेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

  • रासस

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com