काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्सना ले नयाँ सांसदहरूको क्षमता अभिवृद्धिका लागि तालिम (ट्रेनिङ) बजेट छुट्याउन सरकारसँग माग गरेकी छन्।

राजश्व तथा व्यय अनुमानमाथिको छलफलमा भाग लिँदै उनले पहिलोपटक संसद्‌मा आएका सांसदहरूलाई संसदीय अभ्यासबारे पर्याप्त अनुभव नहुने भएकाले प्रशिक्षण आवश्यक रहेको बताइन्। उनले भनिन्, “हामी जनताबाट अनुमोदित भएर आएका हौँ, तर संसदीय व्यवस्थामा अनुभव कम भएकाले ट्रेनिङका लागि बजेट छुट्याइयोस्।”

उनले बजेटप्रति सामान्य सन्तुष्टि व्यक्त गर्दै आर्थिक वृद्धि र समेटिएका क्षेत्रहरू सकारात्मक रहेको उल्लेख गरिन्।

सांसद दर्सनाले सुत्केरी बिदा बढाउनुपर्ने र कार्यस्थलमा दिवा शिशु स्याहार केन्द्र (क्रेच) स्थापना गर्न बजेटमार्फत प्राथमिकता दिनुपर्ने मागसमेत राखिन्। उनका अनुसार मातृत्व र बालमैत्री कार्य वातावरण निर्माणमा सरकार अझै संवेदनशील बन्न आवश्यक छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com