काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्मा सरकारमाथि उठाइने प्रश्नहरूको जवाफ दिने वा प्रतिरक्षा गर्ने भूमिकामा सभामुख स्वयं सक्रिय हुनु संसदीय अभ्यासअनुकूल नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले संसदीय प्रणालीमा सांसदहरू नै मुख्य खेलाडी हुने उल्लेख गरेका छन्। उनले सभामुखले तटस्थ भूमिकामा रहनुपर्ने भन्दै सरकारको बचाउ गर्ने वा विपक्षी सांसदहरूसँग प्रत्यक्ष बहसमा उत्रिने कार्य उपयुक्त नहुने बताएका हुन्।

advertisement

प्रतिनिधिसभा बैठकका क्रममा सांसदहरूले सरकारको आलोचना तथा प्रश्न उठाउँदा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने प्रवृत्ति बढेको सन्दर्भमा पोखरेलको प्रतिक्रिया आएको हो।

पोखरेलले लेखेका छन्, ‘सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा गर्ने र विपक्षीसँग बहसमा उत्रिने काम सभामुखको होइन। संसदीय खेलका वास्तविक खेलाडी सांसदहरू नै हुन्।’

उनले सभामुखको भूमिका निष्पक्ष र सन्तुलित हुनुपर्नेमा जोड दिँदै संसद्को गरिमा र संसदीय मूल्य–मान्यताको संरक्षणका लागि तटस्थताको सिद्धान्त पालना गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com