काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेर दुई लाख ९२ हजार रुपैयाँ पुगेको छ।

advertisement

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १९० रुपैयाँले बढेर चार हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com