काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले आवश्यक कानुन निर्माणका लागि विधेयकको मस्यौदा छिटो तयार गर्न सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गरेकी छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूसँग भएको छलफलमा मन्त्री गौतमले संसदलाई आवश्यक ‘बिजनेस’ दिन सबै मन्त्रालयले समयमै विधेयक तयार पार्नुपर्ने बताइन्।

advertisement

उनले आगामी आर्थिक वर्ष २०८३/८४ मा संसदमा पेश गरिने विधेयकहरूको सूची समयमै अन्तिम गरी स्पष्ट कार्यतालिकासहित पठाउन अनुरोध गरिन्। विधेयक निर्माणमा हतार नगरी पर्याप्त गृहकार्य गरेर गुणस्तरीय कानुन बनाउनुपर्नेमा पनि उनले जोड दिइन्।

मन्त्री गौतमले अस्पष्ट वा परस्पर विरोधी कानुनले राज्यको समय, श्रमशक्ति र स्रोतको अनावश्यक खर्च गराउने उल्लेख गर्दै प्रभावकारी कानुन निर्माणका लागि गम्भीर तयारी आवश्यक रहेको बताइन्।

उनले विधायन ऐन लागू भएपछि कानुन निर्माण प्रक्रियामा स्पष्टता आएको उल्लेख गर्दै ऐनअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। साथै मन्त्रालय पुनर्संरचना र बजेटपछिका नीतिगत परिवर्तनलाई ध्यानमा राख्दै विधेयकहरूको आवश्यकता र सान्दर्भिकताको पुनरावलोकन गर्नुपर्ने बताइन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com