काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेत ले बालेन शाह नेतृत्वको सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको आरोप लगाए।

advertisement

उनले भदौ २३ र २४ गते भएको आन्दोलनभन्दा अझ सशक्त आन्दोलन आवश्यक रहेको बताउँदै एमालेको नेतृत्वमा व्यापक जनआन्दोलन गर्ने संकेत गरे। “अब यो सरकारलाई ६ महिना पनि टिक्न नदिने गरी आन्दोलन गर्नुपर्छ,” उनले भने।

बस्नेतले पार्टीभित्रको एकता र संगठनात्मक मजबुतीलाई अझ सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए। उनका अनुसार आगामी राजनीतिक चुनौती सामना गर्न एमालेभित्र थप समन्वय र सक्रियता आवश्यक छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com