काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्।

advertisement

प्रहरीका अनुसार अरनिको यातायातको उक्त बस बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।

बसमा करिब २५ देखि ३० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरूको टोली घटनास्थलमा खटिएको छ भने घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

मृतक तथा घाइतेहरूको यकिन विवरण संकलन भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com