काठमाडौं। शंकर पोखरेल ले जंगली जनावरका कारण किसानहरूले भोगिरहेको समस्या समाधानका लागि राज्यले नयाँ ढङ्गले सोच्नुपर्ने बताएका छन्।

कृषि बालीमा जंगली जनावरले पुर्‍याएको क्षतिका कारण किसानहरू आक्रोशित र पीडित बनेको उल्लेख गर्दै उनले यस अवस्थाले सबैलाई उद्वेलित बनाइरहेको बताए।

शंकर पोखरेल ले अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनी जटिलताको बहानामा राज्यका निकायहरू समस्या समाधानबाट विमुख भइरहेको टिप्पणी गरे। उनले यस्तो लाचारी कहिलेसम्म भन्ने प्रश्न पनि उठाएका छन्।

उनका अनुसार बाँदर, बँदेल र दुम्सीको आतंकका कारण कृषिमा आश्रित किसानहरू विस्थापित हुने अवस्था सिर्जना भएको छ। प्रकृति र मानवबीच सन्तुलन आवश्यक भए पनि त्यसका नाममा किसानको उठिबास हुन नहुने उनको भनाइ छ।

उनले समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाएर ठोस राष्ट्रिय दृष्टिकोण निर्माण गर्न आग्रह गरेका छन्। साथै संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने, आवश्यक परे संरक्षण क्षेत्र विस्तार गर्न सकिने तर कृषि क्षेत्रका लागि छुट्टै नीति आवश्यक रहेको उनले बताए।

कृषि उत्पादन र किसान दुवैको संरक्षण सुनिश्चित हुने गरी संरक्षणमुखी नीति तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै पोखरेलले अब थप ढिलाइ गर्न नहुने बताएका छन्।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com