काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परम्परागत राजनीतिक दलहरू आफ्नै कमजोरी, असफलता र जनअपेक्षा पूरा गर्न नसक्दा क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिले नयाँ वैकल्पिक शक्तिहरूको उदयलाई अपरिहार्य बनाएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नयाँ शक्ति स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै भट्टराईले अर्थशास्त्रमा प्रयोग हुने ‘रचनात्मक ध्वंस’ (क्रिएटिभ डिस्ट्रक्सन) को सिद्धान्त उल्लेख गर्दै नयाँ प्रणाली र नेतृत्वको विकासका लागि पुराना संरचना र सोचको प्रतिस्थापन आवश्यक हुने धारणा राखे।

advertisement

उनले पछिल्लो समय उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि, सूचना प्रवाह र मध्यम वर्गीय समाजको मनोविज्ञानलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेकाले जनसमर्थन प्राप्त गरेको बताए। यद्यपि, रास्वपाको वैचारिक झुकाव ‘राइट अफ सेन्टर’ अर्थात् मध्य–दक्षिणपन्थी धारतर्फ रहेको उनको विश्लेषण थियो।

भट्टराईले नेपालका अधिकांश नागरिक अझै पनि गरिबी, बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभावजस्ता आधारभूत समस्यासँग जुधिरहेको उल्लेख गर्दै विकास र सामाजिक न्यायलाई केन्द्रमा राख्ने राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए।

उनका अनुसार देशमा स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका लागि कम्तीमा दुई बलिया वैकल्पिक राजनीतिक धार आवश्यक छन्। एउटा रास्वपासँग मिल्दोजुल्दो मध्य–दक्षिणपन्थी शक्ति र अर्को सामाजिक न्याय, समावेशिता तथा राज्यको सक्रिय भूमिकालाई जोड दिने मध्य–वामपन्थी शक्ति हुनुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय हितका मुद्दामा सहकार्य र नीतिगत तथा वैचारिक विषयमा प्रतिस्पर्धा गर्ने राजनीतिक संस्कृतिले मात्रै लोकतन्त्रलाई सुदृढ बनाउन सक्ने उनले बताए।

रास्वपालाई लक्षित गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिलाई प्रारम्भिक चरणमै कठोर आलोचनाको सिकार बनाउनु उचित नहुने धारणा व्यक्त गरे। ‘नयाँ शक्तिलाई काम गरेर देखाउने अवसर दिनुपर्छ,” उनले भने, “नेपालको सामाजिक, जातीय, क्षेत्रीय तथा आर्थिक जटिलतालाई केवल बजारको भरमा छाड्न सकिँदैन। विकासका लागि राज्यको सक्रिय र उत्तरदायी भूमिका आवश्यक हुन्छ।’

आफ्नो राजनीतिक यात्राको समीक्षा गर्दै उनले ‘नयाँ शक्ति’ को पहिचान स्थापित भइसकेपछि पटक–पटक पार्टीको नाम परिवर्तन गरिनु आफ्नै राजनीतिक कमजोरी भएको स्वीकार गरे। त्यसले जनतामा अन्योल सिर्जना गरेको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री भट्टराईले पुराना राजनीतिक शक्तिहरूसँग मुलुकलाई रूपान्तरण गर्ने स्पष्ट दृष्टि र ऊर्जा समाप्तप्रायः भएको दाबी गर्दै अबको राजनीतिक निकास वैकल्पिक शक्तिहरूमार्फत मात्र सम्भव हुने बताए। विगतमा बहुमत र दुईतिहाइ समर्थन प्राप्त सरकारहरूले समेत अपेक्षित परिणाम दिन नसकेको उदाहरण प्रस्तुत गर्दै उनले केवल संख्यात्मक बहुमतले मात्रै देशको समस्या समाधान नहुने तर्क गरे।

गएको टिप्पणी गरेका छन्। उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिले नयाँ वैकल्पिक शक्तिहरूको उदयलाई अपरिहार्य बनाएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नयाँ शक्ति स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै भट्टराईले अर्थशास्त्रमा प्रयोग हुने ‘रचनात्मक ध्वंस’ (क्रिएटिभ डिस्ट्रक्सन) को सिद्धान्त उल्लेख गर्दै नयाँ प्रणाली र नेतृत्वको विकासका लागि पुराना संरचना र सोचको प्रतिस्थापन आवश्यक हुने धारणा राखे।

उनले पछिल्लो समय उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि, सूचना प्रवाह र मध्यम वर्गीय समाजको मनोविज्ञानलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेकाले जनसमर्थन प्राप्त गरेको बताए। यद्यपि, रास्वपाको वैचारिक झुकाव ‘राइट अफ सेन्टर’ अर्थात् मध्य–दक्षिणपन्थी धारतर्फ रहेको उनको विश्लेषण थियो।

भट्टराईले नेपालका अधिकांश नागरिक अझै पनि गरिबी, बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभावजस्ता आधारभूत समस्यासँग जुधिरहेको उल्लेख गर्दै विकास र सामाजिक न्यायलाई केन्द्रमा राख्ने राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए।

उनका अनुसार देशमा स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका लागि कम्तीमा दुई बलिया वैकल्पिक राजनीतिक धार आवश्यक छन्। एउटा रास्वपासँग मिल्दोजुल्दो मध्य–दक्षिणपन्थी शक्ति र अर्को सामाजिक न्याय, समावेशिता तथा राज्यको सक्रिय भूमिकालाई जोड दिने मध्य–वामपन्थी शक्ति हुनुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय हितका मुद्दामा सहकार्य र नीतिगत तथा वैचारिक विषयमा प्रतिस्पर्धा गर्ने राजनीतिक संस्कृतिले मात्रै लोकतन्त्रलाई सुदृढ बनाउन सक्ने उनले बताए।

रास्वपालाई लक्षित गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिलाई प्रारम्भिक चरणमै कठोर आलोचनाको सिकार बनाउनु उचित नहुने धारणा व्यक्त गरे। “नयाँ शक्तिलाई काम गरेर देखाउने अवसर दिनुपर्छ,” उनले भने, “नेपालको सामाजिक, जातीय, क्षेत्रीय तथा आर्थिक जटिलतालाई केवल बजारको भरमा छाड्न सकिँदैन। विकासका लागि राज्यको सक्रिय र उत्तरदायी भूमिका आवश्यक हुन्छ।”

आफ्नो राजनीतिक यात्राको समीक्षा गर्दै उनले ‘नयाँ शक्ति’ को पहिचान स्थापित भइसकेपछि पटक–पटक पार्टीको नाम परिवर्तन गरिनु आफ्नै राजनीतिक कमजोरी भएको स्वीकार गरे। त्यसले जनतामा अन्योल सिर्जना गरेको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री भट्टराईले पुराना राजनीतिक शक्तिहरूसँग मुलुकलाई रूपान्तरण गर्ने स्पष्ट दृष्टि र ऊर्जा समाप्तप्रायः भएको दाबी गर्दै अबको राजनीतिक निकास वैकल्पिक शक्तिहरूमार्फत मात्र सम्भव हुने बताए। विगतमा बहुमत र दुईतिहाइ समर्थन प्राप्त सरकारहरूले समेत अपेक्षित परिणाम दिन नसकेको उदाहरण प्रस्तुत गर्दै उनले केवल संख्यात्मक बहुमतले मात्रै देशको समस्या समाधान नहुने तर्क गरे।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com