काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउदको कर्णाली करिडोरमा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ।

शनिबार बिहान गाईगोरु चराउन जंगल गएकी साउदलाई करिब १०:३० बजे करिडोरमाथिबाट खसेको ढुङ्गा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। स्थानीयले करिडोर आसपासका जोखिमयुक्त भिरहरूको व्यवस्थापन गरी यस्ता दुर्घटना रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com