सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहने सङ्केत देखिएको बताएका छन् ।

प्रतिनिधिसभा चुनाव भएको तीन महिना मात्र भएको र सरकारका गतिविधि हेर्दा अवधि धेरै लामो नजाने उनले जिकिर गरे ।

advertisement

‘अहिले जनताले मत धेरै दिए, तर सरकारका प्रधानमन्त्रीको कुरा हेर्दा इतिहासमा कहिल्यै, कसैले नबोलेका अभिव्यक्ति आए,’ आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार महासङ्घ सुर्खेतको कार्यक्रममा बोल्दै उनले भने, ‘तर अहिलेका युवा, तन्नेरीहरूले त्यसैलाई मन पराइरहेको अवस्था छ ।’

कँडेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति गलत भएको समेत बताए । साथै अहिलेको सरकारका गतिविधि हेर्दा समाचार लेख्ने पत्रकारहरू पनि सुरक्षित नरहने अवस्था आएको बताए ।

मुख्यमन्त्री कँडेलको यो अभिव्यक्तिले वर्तमान सरकारको स्थिरता र भविष्यबारे नयाँ बहस सुरु गरेको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com