काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको विवाद र अन्योललाई छिट्टै अन्त्य गर्न नेतृत्वलाई आग्रह गरेका छन्। विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सभापति गगन थापालाई विवादबाट नडराई साहसिक निर्णय लिन सुझाव दिए।
सिटौलाले कांग्रेसभित्रको आन्तरिक कलह समाधान गरेर महाधिवेशनको प्रक्रिया पारदर्शी ढंगले अघि बढाउनुपर्ने बताए। उनले विगतका महाधिवेशनका अभ्यासलाई आधार बनाएर आगामी महाधिवेशन सम्पन्न गर्न आग्रह गर्दै पार्टी एकजुट भए मात्रै देश र लोकतन्त्र सामु देखिएका चुनौतीको सामना गर्न सकिने धारणा राखे।
उनले नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णय लिन र पार्टीलाई थप बलियो बनाउन आह्वान गरे।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया