काठमाडौ । ब्राजिलमा बन्जी जम्पिङका क्रममा भएको एक दुःखद घटनामा २१ वर्षीया युवतीको मृत्यु भएको छ। रिपोर्टअनुसार सुरक्षा डोरी नबाँधिएको अवस्थामा उनलाई पुलबाट खसालिएको थियो, जसका कारण उनी करिब १३० फिट गहिरो खाल्डोमा खसेर ज्यान गुमाएकी हुन्।

उक्त घटना साओ पाउलो राज्यस्थित ‘स्केलेटन ब्रिज’ मा भएको हो। बन्जी जम्पिङ गराउने क्रममा कर्मचारीहरूको लापरबाहीका कारण सुरक्षा उपाय पूरा नभएको बताइएको छ।

advertisement

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र प्रारम्भिक चरणमा ६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ।

दुर्घटनापछि सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा पीडितलाई डोरी नबाँधी नै जम्प गराइएको देखिन्छ। भिडियोमा उपस्थित मानिसहरूले ‘रोप, रोप’ भन्दै चिच्याएको सुनिए पनि त्यसबेला निकै ढिलो भइसकेको थियो।

मृतक युवतीको पहिचान मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासका रूपमा भएको छ। उनी एक निजी कम्पनीद्वारा आयोजित बन्जी जम्पिङ गतिविधिमा सहभागी भएकी थिइन्।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com