काठमाडौं । नेकपा (एमाले)ले गिरीबन्धु टी–इस्टेट प्रकरणसहित विवादित मानिएका सबै विषयको निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले उपनेता पद्मा अर्यालले सरकारले फाइल खोल्ने कुरा गरिरहेको भए कुनै पनि प्रकरण नछुटाई अनुसन्धान अघि बढाउन आग्रह गरिन्।

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दललाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाइन्। यदि सरकार साँच्चिकै छानबिन गर्न इच्छुक छ भने झापास्थित गिरीबन्धु टी–इस्टेट प्रकरणको फाइललाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

advertisement

अर्यालले ओम्नी समूह, वाइडबडी खरिद प्रकरणलगायत विपक्षीसँग जोडेर चर्चा गरिएका सबै विषयको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताइन्। आरोप लाग्दैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै उनले छानबिनबाट आरोप पुष्टि नभए त्यसको जिम्मेवारी आरोप लगाउने पक्षले लिन तयार छ कि छैन भन्ने प्रश्नसमेत उठाइन्।

संसद्भित्रै सरकारका जिम्मेवार व्यक्तिहरूले विपक्षी दललाई धम्की दिने शैलीमा अभिव्यक्ति दिनु लोकतान्त्रिक संस्कृतिअनुकूल नभएको उनको टिप्पणी थियो। यस्तो प्रवृत्तिले स्वस्थ संसदीय अभ्यासलाई कमजोर बनाउने भन्दै उनले त्यसप्रति आपत्ति जनाइन्।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com