काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमासम्बन्धी विषयहरूमा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्। सीमा क्षेत्रसँग जोडिएका विषय राष्ट्रिय हित र सुरक्षासँग सम्बन्धित भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सीमासम्बन्धी विवाद र अन्य उठिरहेका प्रश्नहरूको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरिन्। उनले यस्ता विषयलाई राजनीतिक बहसको माध्यम मात्र नबनाई तथ्य र प्रमाणका आधारमा समाधान खोज्नुपर्ने बताइन्।

advertisement

सीमाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिँदै उनले नेपाल र भारतबीच आपसी सहमतिका आधारमा सीमावर्ती क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपर्ने धारणा राखिन्।

उनले आवश्यकताअनुसार सीमा क्षेत्रमा पर्खाल वा काँडेतार जडान गरेर सीमा सुरक्षा र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सकिने उल्लेख गरिन्। सीमा क्षेत्रका समस्या समाधानका लागि दुवै देशबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिइन्।

सांसद आशिका तामाङले सरकारले सीमासम्बन्धी सम्पूर्ण विषयको वस्तुनिष्ठ छानबिन गरी आवश्यक कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने बताइन्।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com