पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिएको छ। यस कार्यक्रमअन्तर्गत बहुवर्षीय खानेपानी आयोजनाहरू सम्पन्न गर्न १ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले विगतदेखि सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूलाई तीव्रता दिँदै घरघरमा सुरक्षित खानेपानी पुर्‍याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए।

advertisement

उनका अनुसार ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित सरकारी विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रहरूमा समेत गुणस्तरीय खानेपानी सेवा विस्तार गरिनेछ।

प्रदेश सरकारले लिफ्टिङ प्रविधिमा आधारित खानेपानी तथा सिँचाइ आयोजनाहरू सञ्चालनमा सहजता ल्याउन विद्युत् महसुलमा अनुदान दिने व्यवस्था पनि गरेको छ। यसका लागि ४ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा कुल ४ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यसैगरी, प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र गण्डकी प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा विस्तार गरी प्रदेशलाई ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने लक्ष्यसमेत अघि सारेको छ। बजेटमार्फत ऊर्जा पहुँच विस्तार, खानेपानी सेवा सुधार तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com