काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार, पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार र वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
प्रदेश सरकारले चालु खर्च १ प्रतिशतले घटाएको जनाएको छ। बजेटका लागि संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, रोयल्टी, सशर्त, समपुरक तथा विशेष अनुदानलगायत स्रोतबाट खर्च व्यवस्थापन गरिने बताइएको छ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया