काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल ले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्दै नेपालले ‘एक चीन नीति’प्रति आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

भेटका क्रममा लिउ हाइसिङले चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन सीपीसी र नेपालका राजनीतिक दलबीच मैत्रीपूर्ण सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरे। उनले चीनको विकास अनुभव र आत्मसुधारको अवधारणाबारे पनि चर्चा गरेका थिए।

मन्त्री खनालले नेपाल–चीनबीच ७० वर्षदेखि रहँदै आएको कूटनीतिक सम्बन्ध मित्रता, समानता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रहेको उल्लेख गरे। उनले नेपालले कुनै पनि चीनविरोधी गतिविधिलाई आफ्नो भूमिमा अनुमति नदिने स्पष्ट पारे।

त्यस्तै, नेपालले जलविद्युत्, कृषि, पर्यटन, संस्कृति र प्रविधि जस्ता क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्दै पारस्परिक लाभका परियोजनालाई अघि बढाउन चाहेको पनि उनले बताएका छन्।

भेटवार्तामा दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई अझ मजबुत र स्थिर बनाउन राजनीतिक तथा विकास साझेदारी विस्तार गर्ने विषयमा जोड दिएका थिए।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com