काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा रहेका कारण उनको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको आधारमा सभामुख डीपी अर्यालले मंगलबार प्रतिनिधिसभा बैठकमा यसबारे सदनलाई जानकारी गराएका हुन्।
मन्त्री खनाल जेठ ३१ गते चीनको औपचारिक भ्रमणमा प्रस्थान गरेसँगै मन्त्रालयको दैनिक प्रशासनिक तथा कार्यगत जिम्मेवारी प्रधानमन्त्री कार्यालयको सिफारिसअनुसार अर्थमन्त्री वाग्लेलाई तोकिएको हो।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार













प्रतिक्रिया