काठमाडौँ। नापी कार्यालय चाबहिलमा कार्यरत अमिन टोपजङ खत्रीलाई ६० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा निगरानीपछि आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा उनलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–४ माकालवारीस्थित नापी कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











प्रतिक्रिया