काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन्।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको खेलको पहिलो हाफ सकिएको छ।
खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले १–० को अग्रता बनाएको छ। खेलको १७ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेका हुन्।
अर्जेन्टिनाको लागि आफ्नो २०० औं खेल खेलिरहेका मेस्सीले विश्वकपमा आफ्नो १४ औं गोल गरेका हुन्। देशका लागि भने उनको यो ११८ औं गोल हो।
रोड्रिगो डे पलको पासमा बल लिएर मेस्सीले लगभग २५ यार्ड टाढा पुगेर गोल गर्न सफल भए। अल्जेरियाका गोलकिपर लुका जिदानले रोक्ने प्रयास गरेपनि सक्दैनन्।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार












प्रतिक्रिया