काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव सम्बन्धी सूचना गलत भएको शाहको संवाद सचिवालयले जनाएको छ ।
बुधवार शाहका संवाद सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै पूर्वराजाको जन्मोत्सव सम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको जानकारी दिएका हुन् ।
पाठकले भनेका छन् – ‘श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सवको सन्दर्भमा संवाद सचिवालय द्वारा जारी भएको विज्ञप्ति भन्दै सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाप्रति संवाद सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, संवाद सचिवालयबाट हाल कुनै पनि प्रकारको सूचना जारी नगरिएको तथ्य सबैमा सूचित गर्दछु ।’

यसअघि पूर्वराजाको जन्मोत्सवसम्बन्धी समाचारमा अन्यथा भएकोमा सच्याइएको छ ।*-सम्पादक
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया