काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनको तयारीलाई तीव्रता दिँदै सचिवालय बैठक आह्वान गरेको छ।

पार्टीको सचिवालय बैठक बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय गरिएको छ। बैठकमा महाधिवेशनको तयारी, विधान संशोधनका प्रस्ताव, महाधिवेशन सञ्चालन कार्यविधि तथा संगठनात्मक व्यवस्थापनलगायत विविध विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

advertisement

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन आवश्यक तयारीका विषयहरू बैठकको मुख्य एजेन्डा रहनेछन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमार्फत पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

पार्टी नेतृत्वले महाधिवेशनलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com