काठमाडौँ । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका वन्यजन्तु सम्बन्धी मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रसुवाको उत्तरगया गाउँपालिका–९ निवासी ३८ वर्षीय टेकबहादुर तामाङलाई मङ्गलबार काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरखुबाट पक्राउ गरेको हो।

advertisement

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार तामाङ अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद–बिक्री मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनी केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका तामाङ लामो समयदेखि फरार सूचीमा थिए। विशेष सूचनाका आधारमा खोजी गर्दै गएको प्रहरीले अन्ततः उनलाई काठमाडौँबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

पक्राउ परेका तामाङलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com