काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले सुकुम्बासी तथा भूमिहीनलाई आगामी असार तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने घोषणा गरेको छ।
मन्त्री प्रतिभा रावलका अनुसार विगतका आयोगहरू राजनीतिक प्रभावका कारण प्रभावकारी हुन नसकेपछि अब प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला स्तरबाट काम अघि बढाइनेछ।
उनले पछिल्ला ३० वर्षमा १२ लाखभन्दा बढी निवेदन परे पनि केवल करिब ९ हजार जनाले मात्र लालपुर्जा पाएको अवस्थालाई सुधार गर्ने सरकारको लक्ष्य रहेको बताइन्। अब असार तेस्रो सातादेखि वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरिने उनले जानकारी दिइन्।
त्यस्तै, सहकारी क्षेत्रमा राज्यकोषको रकम प्रयोग नगरी समस्या समाधान भइरहेको र पछिल्ला तीन महिनामा हजारौँ बचतकर्तालाई रकम फिर्ता गरिएको तथा ऋण असुलीसमेत गरिएको मन्त्रालयले जनाएको छ। पोषण कार्यक्रम तथा निजामती सेवा विधेयक सम्बन्धी काम पनि अघि बढिरहेको छ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया