काठमाडौं । दैलेखमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पक्राउ पर्ने व्यक्ति नारायण नगरपालिका–४ का ३२ वर्षीय शिभराज रेग्मी हुन्। उनलाई बुधबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका सूचना अधिकारीका अनुसार घटनामा मंगलबार भगवतीमाई गाउँपालिका–२ स्थित सल्लेघारी जङ्गलमा बालिकामाथि जबरजस्ती करणी भएको आरोप छ। घटनापछि अनुसन्धान अघि बढाइएको छ।
हाल घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया