काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया