काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी असार ५ गतेदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने मुख्य कार्यसूची रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार कार्यसमिति बैठकमा छलफल हुने विषय, संगठनात्मक एजेन्डा तथा समसामयिक राजनीतिक विषयहरूलाई अन्तिम रूप दिन कार्यसम्पादन समितिको बैठक बसेको हो।

पार्टीका आन्तरिक गतिविधि, संगठन सुदृढीकरण तथा आगामी रणनीतिसम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com