काठमाडौं । राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी भ्रष्टाचार आरोपको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको निवासमा म्याद तामेल गरेको छ।
आयोगले बयानका लागि उपस्थित हुनुपर्ने भन्दै असार २ गते काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा सूचना (म्याद) पत्र टाँसेको हो।
उक्त म्यादपत्रअनुसार उनलाई सूचना बुझिएको मितिले तीन दिनभित्र अख्तियारको केन्द्रीय कार्यालय, टंगालस्थित कोठा नम्बर १२ मा उपस्थित हुन निर्देशन दिइएको छ।
म्यादपत्रमा तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढाइने चेतावनीसमेत उल्लेख गरिएको छ।
ई-पासपोर्ट खरिद तथा छपाइ प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार











प्रतिक्रिया