काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि बहाल करको दर हेरफेर गरेको छ। आवासीय प्रयोजनका लागि वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा कम बहाल आम्दानी हुने घरधनीले ५ प्रतिशत कर तिर्नुपर्नेछ भने सोभन्दा बढी आम्दानी हुनेको बहाल कर १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरिएको छ।

महानगरले असोज मसान्तभित्र कर तिर्ने नयाँ करदातालाई १० प्रतिशत छुट तथा बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा गर्ने व्यवस्था पनि ल्याएको छ।

advertisement

यसैगरी आगामी वर्षदेखि घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध गराइने, युवा स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिने तथा महानगर अस्पताल निर्माण सुरु गरिने भएको छ। अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

शिक्षातर्फ कक्षा ११ र १२ का छात्रवृत्ति सिटका लागि पुनः अनलाइन आवेदन खुला गरिएको छ। बाँकी १,५७६ छात्रवृत्ति कोटाका लागि विद्यार्थीहरूले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com